पोखरा


पोखरामा आज रातीदेखि १ साता लकडाउन हुने १ भाद्र २०७७, सोमबार ०४:०८

पोखरा, भदौ १ । कोरोना संक्रमित बढ्दै गएपछि पोखरा महानगरपालिकाले आज (सोमबार) रातीदेखि १ साता लकडाउन गर्ने भएको छ । पोखरा महानगरको कोरोना भाइरस नियन्त्रण उच्च स्तरीय समितिले ८ गतेसम्म निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस..

पुरा पढ्नुहोस् »

पोखराका ३१ वडामा कोरोना, लकडाउनको तयारी ३२ श्रावण २०७७, आईतवार १३:१७

पोखरा, साउन ३२ । पोखराका ३३ मध्ये ३१ वटै वडामा कोरोना संक्रमण देखिएको छ । २० र २४ नम्बर वडाबाहेक सबै वडामा संक्रमण पुष्टी भएको हो । आइतबार साँझ बसेको राजनीतिक दलहरुको बैठकमा सबैले लकडाउन गर्न सुझाव दिएका छन् । ‘केही दिन लकडाउन गर्दा नागरिकको..

पुरा पढ्नुहोस् »

एकैदिन पोखरामा २२ जना संक्रमित, कोरोनाको हव बन्दै ५ र १६ ३२ श्रावण २०७७, आईतवार ११:०१

पोखरा, साउन ३२ । पोखरामा एकैदिन २२ जना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न चरणमा गरेर आइतबार मात्रै २२ जनालाई संक्रमण देखिएको हो । पोखरामा आइतबार मात्रै ५ नम्बर वडामा ८ जना संक्रमित भेटिएका छन् भने १६ नम्बरमा ५..

पुरा पढ्नुहोस् »

पोखरामा थप ५ जनामा संक्रमण ३२ श्रावण २०७७, आईतवार ०३:५०

पोखरा, साउन ३२ । पोखरामा थप ५ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा आइतबार बिहान थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार विहान कास्कीका ५ र तनहूँका थप १ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमणले मृत्यु भएपछि त्रसित बनेको पोखरा १६ मा थप..

पुरा पढ्नुहोस् »

पोखरामा थप ३ जनामा कोरोना, वडाका कर्मचारी र वर्कशपका कामदार संक्रमित २९ श्रावण २०७७, बिहीबार ०४:१३

पोखरा, साउन २८ । पोखरा महानगरपालिका वडा नम्बर २७ मा कार्यरत कर्मचारी सहित पोखरामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तीन जना संक्रमित मध्ये एक जना पोखरा महानगरपालिका वडा नम्बर २७ का कर्मचारी, एक जना बैंकमा काम गर्ने कर्मचारीकी श्रीमती र एक..

पुरा पढ्नुहोस् »

पोखराका मेयरका स्वकीय सचिव तिमिल्सिनाले दिए राजीनामा २८ श्रावण २०७७, बुधबार १३:१०

पोखरा, साउन २८ । पोखरा महानगरका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सीनाले राजीनामा दिएका छन् । बुधबार उनले राजीनामा बुझाएका हुन् । पोखरा महानगरले सञ्चालन गर्न लागेको बहुप्राविधिक शिक्षालयको निर्देशक बन्नका लागि स्वकीय सचिवबाट..

पुरा पढ्नुहोस् »

लेकसाईडको रेष्टुरेण्टका कामदारलाई कोरोना संक्रमण २८ श्रावण २०७७, बुधबार १२:४२

पोखरा, साउन २८ । पोखरामा बुधबार बिहान संक्रमण पुष्टी भएकामध्ये एकजना लेकसाईडका छन् । लेकसाईड स्थित एक रेष्टुरेण्टका कामदारमा कोरोना पुष्टी भएको हो । केही दिनअघिसम्म पनि उनी काममै थिए । अहिले घरमा छन् । अर्को होटलमा काम गर्न जानका लागि कोरोना..

पुरा पढ्नुहोस् »

पोखराको बैंक र सहकारीमा पनि कोरोना २८ श्रावण २०७७, बुधबार ०२:५०

पोखरा, साउन २८ । पोखरामा दुई वटा वित्तीय संस्थामा कोरोना संक्रमण देखिएको छ । दुई सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना देखिएको भोलिपल्ट वित्तीय क्षेत्रमा पनि कोरोना देखियो । पोखरा लेकसाइडमा रहेका एक बैंकमा कार्यरत पुरुष र पोखरा ५ मा..

पुरा पढ्नुहोस् »

पोखराका एकै परिवारमा ७ जनालाई कोरोना संक्रमण २८ श्रावण २०७७, बुधबार ०२:२४

पोखरा, साउन २८ । पोखरामा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये एकै परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । साउन २१ गते पोखरा नदिपुर विटमा..

पुरा पढ्नुहोस् »

शिल हुँदैछ पोखराका दुईवटा वडा ?, महानगरले शिल गर्न सिडिओलाई पठायो पत्र २६ श्रावण २०७७, सोमबार ०२:२९

पोखरा, साउन २६ । पोखरा महानगरपालिकाको दुईवटा वडा शिल गर्ने तयारी गरिएको छ । कोरोनाका कारण संक्रमितको मृत्यु भएपछि महानगरले सिडिओ कार्यालयलाई पत्र पठाएर वडा शिल गर्न भनेको हो । सोमबार वडा नम्बर १६ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो..

पुरा पढ्नुहोस् »