एकैदिन पोखरामा २२ जना संक्रमित, कोरोनाको हव बन्दै ५ र १६

पोखरा, साउन ३२ ।
पोखरामा एकैदिन २२ जना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न चरणमा गरेर आइतबार मात्रै २२ जनालाई संक्रमण देखिएको हो ।

पोखरामा आइतबार मात्रै ५ नम्बर वडामा ८ जना संक्रमित भेटिएका छन् भने १६ नम्बरमा ५ जना थपिए । १५ र ८ मा २÷२, ७, १४, २६, २८ र ३१ मा १÷१ जना संक्रमित थप भएका छन् ।

आइतबार तनहूँमा ८, स्याङजा र नवलपुरमा २÷२ तथा पर्वतमा १ जना संक्रमित थप भएका छन् । पोखराको ५ र १६ नम्बर वडा कोरोनाको हव बन्दै गएको छ ।