ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान

पोखरा, पुस ६ ।
ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी अभियोगमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जना जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

पहारी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट जनप्रतिनिधि निर्वाचित भएका थिए । यसैगरी अन्यमा लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार एवं अप्पे भनिने अभिषेक बराल छन् ।

फेवाताल किनार लेकसाइड फुटट्रेलमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भनी उनीहरुविरुद्ध १५ जनाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सर्टन० सम्बन्धी मुद्दामा अनुसन्धान गरेको थियो । प्रतिव्यक्ति साढे १३ उठाएर फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको अनुसन्धानमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए ।