कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा

पोखरा, पुस ६ ।
पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले स्थानीय विदाबाट कट्टा हुने गरी पुस १६ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

पालिका अध्यक्ष देवीजंग गुरुङले एक सूचना निकाल्दै उक्त दिन पालिकाका सबै कार्यालयमा विदा दिएको जानकारी दिए । उक्त दिन पालिकासँगै पालिकाभरीका सरकारी तथा गैर सरकारी संस्थाहरु बन्द रहनेछन् ।