कोरला नाका ४ वर्षपछि खुल्यो

पोखरा, कात्तिक २७ ।
मुस्ताङमा रहेको नेपाल र चीनको व्यापारिक नाका करिव ४ वर्षपछि खुला भएको छ । चीनले निर्माण गरेका भन्सार लगायत संरचना उद्घाटनसँगै सोमबारदेखि कोरला नाका खुला गरिएको हो ।

कोरोना संक्रमणपछि २०७६ चैतमा नाका बन्द गरिएको थियो । सोमबार नेपाली समयअनुसार बिहान १० बजे र चिनियाँ समयअनुसार दिउँसोको पौने २ बजे नेपाल चीन नाका दुईतर्फी खुला भएको हो ।

नाका रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्थ लगायतलाई स्वागत गरेर चिनियाँ पक्षले नाका खुलेको औपचारिक घोषणा गरेको थियो । सो अवसरमा हर्ष बडाईं पनि गरिएको थियो ।