पोखरामा कारको ठक्करले २ जनाको मृत्यु

पोखरा, पुस १० ।
पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको कारको ठक्करबाट उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् । दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा मृत्यु भएको हो । दुर्घटनापछि कार चालक फरार छन् भने कार प्रहरीको नियन्त्रणमा छ ।