पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक

पोखरा, पुस १० ।
पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो ।

करिब २५ लाख लागतमा ८ फिट अग्लो सालिक निर्माण गरिएको बताइएको छ । २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो । स्थानीय कै समन्वयमा शालिक पुनः स्थापना गरिएको पुनः स्थापना समितिका सचिव अरुण गिरीले जानकारी दिए ।