पोखरामा थप ३ जनामा कोरोना, वडाका कर्मचारी र वर्कशपका कामदार संक्रमित

पोखरा, साउन २८ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ मा कार्यरत कर्मचारी सहित पोखरामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तीन जना संक्रमित मध्ये एक जना पोखरा महानगरपालिका वडा नम्बर २७ का कर्मचारी, एक जना बैंकमा काम गर्ने कर्मचारीकी श्रीमती र एक जना वर्कशपमा कार्यरत रहेको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

वडा कार्यालयमा कार्यरत कर्मचारी धेरै सगँ भेट भएका व्यक्ति भएका कारण धेरै जना होमक्वारन्टिनमा बसिरहेका छन् । बुधबार पोखरामा यो सँगै ५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, नवलपुरको कावासोतीमा २ जना, तनहुँका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ हजार ५६ जनामा कोरोना संक्रमण देखिएको छ । कास्कीमा अहिले सम्म १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ३४ जना निको भएर घर फर्किसकेका छन् । ६० जना आइसोलेसनमा छन् भने १ जनाको मृत्यु भएको छ ।