पोखराका ३१ वडामा कोरोना, लकडाउनको तयारी

पोखरा, साउन ३२ ।
पोखराका ३३ मध्ये ३१ वटै वडामा कोरोना संक्रमण देखिएको छ । २० र २४ नम्बर वडाबाहेक सबै वडामा संक्रमण पुष्टी भएको हो ।

आइतबार साँझ बसेको राजनीतिक दलहरुको बैठकमा सबैले लकडाउन गर्न सुझाव दिएका छन् ।

‘केही दिन लकडाउन गर्दा नागरिकको स्वास्थ्य सुरक्षा हुन्छ भने राज्यले त्यो गर्नुपर्छ,’ उनले भने, ‘अहिले नै ख्याल गरिएन भने भयावह अवस्था आउन लागेको छ । अब अन्तिम उपचार भनेकै पुनः लकडाउन हो ।’

पोखरामा हालसम्म १ सय ९९ संक्रमित पुष्टी भएको छ । पोखराको १६ र ५ नम्बर वडामा बढी संक्रमित छन् । पोखरा १९ मा एकजना संक्रमितको मृत्यु नै भएको छ ।