पोखराको बैंक र सहकारीमा पनि कोरोना

पोखरा, साउन २८ ।
पोखरामा दुई वटा वित्तीय संस्थामा कोरोना संक्रमण देखिएको छ । दुई सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना देखिएको भोलिपल्ट वित्तीय क्षेत्रमा पनि कोरोना देखियो । पोखरा लेकसाइडमा रहेका एक बैंकमा कार्यरत पुरुष र पोखरा ५ मा रहेको सहकारीमा कार्यरत महिलामा कोरोना पुष्टि भएको हो ।

तीन दिन पहिले ज्वारो आए पछि महिला र उनका ११ बर्षिय छोरा सहित फेवासिटी हस्पिटरमा उपचारमा थिए । ज्वारो आएका कारण उनीहरुको स्वाब लिदा आमा छोरालाई नै कोरोना पुष्टि भएको हो । मंगलबार मात्र पोखरामा चार जना संक्रमित थपिएका छन् ।

सिदार्थ बैँक लेकसाइडमा कार्यरत कर्मचारीको स्वाब कलेक्सन पछि पनि सोमबारसम्म बैंक गएका थिए । उनी सगँ भेट भएका सबै जनालाई क्वारेन्टिनमा बसेर बैंकको शाखा बन्द गर्न भनेको पोखरा महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसै गरी पोखरा ५ मालेपाटनमा रहेको कन्चन सहकारीका कार्यरत महिलामा कोरोना देखीको हुदाँ सहकारीलाई पनि बन्द गर्ने भनिएको उनले बताए ।