पोखरामा थप ५ जनामा संक्रमण

पोखरा, साउन ३२ ।
पोखरामा थप ५ जनामा संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा आइतबार बिहान थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार विहान कास्कीका ५ र तनहूँका थप १ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमणले मृत्यु भएपछि त्रसित बनेको पोखरा १६ मा थप ४ जना संक्रमित थपिए भने वडा नम्बर ५ मा पनि एकजनामा संक्रमण देखियो

पोखरा महानगरपालिका वडा नम्बर ५ कि ३३ बर्षिय एक महिला, वडा नम्बर १६ मा २२ र ३० बर्षिया पुरुष र २२ र ५० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकीका स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

यो सँगै कस्कीमा २ सय १३ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरि तनहुँको भानुका ३० बर्षिय पुरुषमा संक्रमण देखिएको हो । तनहुँमा यो सगँ २ सय १३ जनामा कोरोना संक्रमण देखिसकेको छ । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ७ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये ५ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ९३ जनामा निको भएर घर फर्किएका छन् ।