शिल हुँदैछ पोखराका दुईवटा वडा ?, महानगरले शिल गर्न सिडिओलाई पठायो पत्र

पोखरा, साउन २६ ।
पोखरा महानगरपालिकाको दुईवटा वडा शिल गर्ने तयारी गरिएको छ । कोरोनाका कारण संक्रमितको मृत्यु भएपछि महानगरले सिडिओ कार्यालयलाई पत्र पठाएर वडा शिल गर्न भनेको हो ।

सोमबार वडा नम्बर १६ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो । उनी धार्मिक क्षेत्रमा पनि आवद्ध भएकोले धेरै ब्यक्तिहरु उनको सम्पर्कमा रहेको अनुमान छ । केहीसमय अघि उनीसँग सम्पर्कमा आएका अन्य ६ जनामा पनि कोरोना पुष्टी भैसकेको छ ।

कोरोना समुदायमा फैलिएको भन्दै त्यसको नियन्त्रणका लागि तत्काल शिल गर्न महानगरको सिफारिस छ । ‘अहिलेलाई १ साता शिल गर्न भनेका छौं । पछि आवश्यक्ता परे थपौंला,’ मेयर मानबहादुर जिसीले डीएनएलाई भने ।

वडा नम्बर १६ को दीपदेखि १९ नम्बरको लामाचौर, भुनपहरे भित्रको ठाउँ शिलबन्दी गर्न सुझाईएको हो । दुईवटै वडाका अध्यक्षहरुले शिल गरिदिन महानगरलाई पत्र पठाएका थिए । सोही आधारमा महानगरले सिडिओ कार्यालयमा पत्र बुझाउको हो ।

कास्कीका सिडिओ ज्ञानप्रसाद ढकालले आज आउने रिपोर्ट हेरेर मात्रै निर्णयले लिने बताए । ‘महानगरको पत्र आएको छ । विज्ञसँग पनि सल्ला गरिरहेका छौं । कन्ट्याक ट्रेसिङ गरिएको छ,’ उनले भने, ‘हिजो स्वाब लिईएका ब्यक्तिहरुको रिजल्ट पोजिटिभ आयो भने शिल गर्छौं । अन्यथा समुदायमा फैलिएको देखिँदैन ।’

उनका अनुसार कास्कीमा डराउनुपर्ने अवस्था अहिलेसम्म छैन । ‘आत्तिनुपर्दैन । अवस्था समान्य नै छ । केहि समस्या प¥यो भने हामी खवर गरिहाल्छौं,’ उनले भने, ‘स्वास्थ्यका विज्ञहरुसँग नियमित सम्पर्कमा छौं । गाह्रो अवस्था आउने वित्तिकै निर्णय लिन सकिन्छ ।’