लेकसाईडको रेष्टुरेण्टका कामदारलाई कोरोना संक्रमण

पोखरा, साउन २८ ।
पोखरामा बुधबार बिहान संक्रमण पुष्टी भएकामध्ये एकजना लेकसाईडका छन् । लेकसाईड स्थित एक रेष्टुरेण्टका कामदारमा कोरोना पुष्टी भएको हो । केही दिनअघिसम्म पनि उनी काममै थिए । अहिले घरमा छन् ।

अर्को होटलमा काम गर्न जानका लागि कोरोना परीक्षण गराएका उनलाई संक्रमण देखिएको वडाध्यक्ष जगत पहारीले बताए । उनलाई लेखनाथको संक्रमण तथा सरुवा रोग अस्पतालको आइसोलेजनमा राखिएको छ ।

अर्का संक्रमित दीप स्थित व्रिटिश क्याम्पका कर्मचारी छन् । विरामी भएपछि कोरोना परीक्षण गर्दा संक्रमण देखिएको हो । संक्रमण पुष्टी भएपछि क्याम्प र उनी बस्ने घरलाई जानकारी गराईसकिएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए ।