प्रमुख समाचार


‘विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश’ २७ आश्विन २०७६, सोमबार ११:१३

  काठमाडौं, असोज २७ । गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणकाक्रममा प्रभावकारीरुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् । सोमबार गृह मन्त्रालयमा सुरक्षा निकायका..

पुरा पढ्नुहोस् »

हत्या आरोपमा पक्राउ परेका काँग्रेस सांसद आलम निलम्बित, सेवा–सुविधा रोक्का २७ आश्विन २०७६, सोमबार १०:५२

  काठमाडौं, असोज २७ । व्यक्ति हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले आज सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी गराएको हो । रौटहट क्षेत्र नं २ बाट निर्वाचित..

पुरा पढ्नुहोस् »

मध्येरातमा पोखराबाट ६ लाख सहित कौडा खेल्ने १५ जना पक्राउ, भागाभाग हुँदा २ जना घाईते २७ आश्विन २०७६, सोमबार ०४:२२

पोखरा, असोज २७ । पोखराको खपौंदीबाट कौडा खेल्ने १५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद ६ लाख बरामद भएको श्रोतले जनाएको छ । कौडा खेल्दै गर्दा प्रहरी पुगेपछि उनीहरु भागेका थिए । भागाभाग चल्दा दुवै पक्षका २ जना घाईते भएका छन् । कौडा..

पुरा पढ्नुहोस् »

परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परे मालपोत प्रमुख, १० दिन म्याद थपियो २७ आश्विन २०७६, सोमबार ०३:५०

कन्चनपुर, असोज २७ । अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका निजामती कर्मचारी भोज बहादुर ऐडी र स्थानीय विवाहित महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ..

पुरा पढ्नुहोस् »

कांग्रेस सांसद आलम गिरफ्तार, पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप २७ आश्विन २०७६, सोमबार ०३:४०

रौतहट, असोज २७ । पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले गिरफ्तार गरेको छ । आलमलाई आइतबार बिहान रौतहटस्थित उनकै निवासबाट गिरफ्तार गरेको हो । आलम रौतहट २ बाट प्रतिनिधि सभा सदस्य..

पुरा पढ्नुहोस् »

नेपाल–चीनबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर २६ आश्विन २०७६, आईतवार ०९:५२

  काठमाडौं, असोज २६ । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त..

पुरा पढ्नुहोस् »

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए २६ आश्विन २०७६, आईतवार ०९:३२

  काठमाडौं, असोज २६ । नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च..

पुरा पढ्नुहोस् »

तनहुँमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु २६ आश्विन २०७६, आईतवार ०५:०७

पोखरा, असोज २६ । तनहूँको गुणादीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बस र बोलेरो आपसमा ठक्कर खाँदा बोलेरो चालक नवलपरासीका २२ बर्षिय रमेश थारुको मृत्यु भएको हो । नवलपुरबाट पोखराका लागि छुटेको लु १ च ७०४१ नम्बरको बोलेरो र ग १ ख ४०२२ नम्बरको बस..

पुरा पढ्नुहोस् »

पोखरामा दुई मोटरसाईकल जुध्दा ३ घाईते २६ आश्विन २०७६, आईतवार ०२:०९

पोखरा, असोज २६ । पोखरामा २ वटा मोटरसाईकल आपसमा ठक्कर खाँदा ३ जना घाईते भएका छन् । अञ्चल सशस्त्र प्रहरी गुल्म पोखराको ग १ ब १४४९ नम्बरको मोटरसाईकललाई बा ६४ प ७२१२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जना घाईते भएका हुन् । घाईते..

पुरा पढ्नुहोस् »

यस्ता छन् चीनले नेपाललाई गर्ने सहयोगहरु (सूची सहित हेर्नुस्) २६ आश्विन २०७६, आईतवार ०२:०२

काठमाण्डौं, असोज २६ । चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा..

पुरा पढ्नुहोस् »