चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

 

काठमाडौं, असोज २६ ।

नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् ।

चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका हुन् ।

त्यसक्रममा नेपाली सेनाको एक टुकडीले सीलाई सम्मान गारथ अपर्ण गरेको थियो ।

उनको विदाइका क्रममा विमानस्थलमा विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति सीको सम्मानमा उनको सवारी रुटहरुमा पनि सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिएको थियो ।

त्यसअघि राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी ओली नेतृत्वको प्रतिनिधमण्डलसँग द्धिपक्षीय वार्ता गरेको थियो ।

द्विपक्षीय वार्ता सकिएपछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच केहीबेर एक्ला–एक्लै वार्ता भएको थियो ।
(ईमेजखबरबाट साभार)