मध्येरातमा पोखराबाट ६ लाख सहित कौडा खेल्ने १५ जना पक्राउ, भागाभाग हुँदा २ जना घाईते

पोखरा, असोज २७ ।
पोखराको खपौंदीबाट कौडा खेल्ने १५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद ६ लाख बरामद भएको श्रोतले जनाएको छ ।

कौडा खेल्दै गर्दा प्रहरी पुगेपछि उनीहरु भागेका थिए । भागाभाग चल्दा दुवै पक्षका २ जना घाईते भएका छन् । कौडा खेल्नेमध्ये १ जनाको खुट्टा भाँचिएको र एक प्रहरीको हातमा चोट लागेको बताईएको छ ।

श्रोतका अनुसार कौडा खेल्नेहरुलाई छुटाउन अहिले ठूलो दवाव छ । यसबारे निर्णय गर्नका लागि कास्की प्रहरी बैठक बसिरहेको छ ।