जनप्रिय क्याम्पसको अध्यक्षमा गिरी निर्वाचित

पोखरा, मंसिर २९ ।
पोखराको जनप्र्रिय क्याम्पस सञ्चाल समितिको अध्यक्षमा तारा गिरी निर्वाचित भएका छन् । प्रतिश्पर्धी विष्णु बराललाई २८ मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुरुमा सहमतिको प्रयास गरिएपनि सहमति नजुटेपछि निर्वाचन भएको हो । गिीले २ सय २७ मत पाउँदा बरालले १ सय ९९ मत पाएका थिए ।

गिरीले क्याम्पसमा गुणस्तरीय शिक्षा र ब्यवस्थापनमा आफ्नो ध्यान केन्द्र्रित गर्ने सुनाए ।