कास्कीका बुढाथोकी प्याव्सनको केन्द्रीय उपाध्यक्षमा निर्विरोध

पोखरा, चैत १० ।
कास्कीका बीरबहादुर बुढाथोकी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को केन्द्रीय उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । १५ औं राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेशका वर्तमान उपाध्यक्ष समेत रहेका बुढाथोकी केन्द्रीय उपाध्यक्षमा निर्विरोध भएका हुन् ।

बिधान अनुसार पाँच उपाध्य चयन हुन्छ । अध्यक्षमा पनि पुर्व सहमति अनुसार नै वर्तमान सह अध्यक्ष डिके ढुंगाना सर्वसम्मत चयन भएका छन् । झन्डै ४ दशकदेखि शिक्षा क्षेत्रमा योगदान गर्दै आएका बुढाथोकी पोखराको गोल्डेन फ्युचर बोर्डिङका संस्थापक हुन् ।

‘निजी विद्यालयका धेरै समस्या छन्, एकता भएर जानुपर्छ भन्नुभयो । चुनाव हुँदा राजनीतिक गन्ध आउँछ । चुनाव भएर हार्नेले असयोग गर्छन् भनेर महाधिवेसन प्रतिनिधिले दवाव दिनुभयो,’ उनले भने, ‘सर्वसम्मत नेतृत्व चयन गर्नुस् भन्नुभएकोले सर्वसम्मत नेतृत्व चयनमा लागेका हौं ।’

प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केद्रीय कार्यसमितिको व्यवस्था छ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि थिए ।