नेपालका विद्यार्थीले वर्षदिनमा विदेश लगे १ खर्व

पोखरा, भदौ ३ ।
नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि १ खर्ब रुपैयाँ भन्दा बढी बाहिर लगेका छन् । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा बाहिरिएको रकम ३२ अर्ब ३० करोड रुपैयाँले बढेको हो ।

शिक्षातर्फ व्यय १ खर्ब ४२ करोड भएको छ भने अघिल्लो वर्ष ६७ अर्ब ७० करोड रहेको थियो । समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४४ अर्ब ४६ करोड पुगेको छ जबकी अघिल्लो वर्ष ९७ अर्ब ३२ करोड रहेको छ ।

वस्तुसँगै आर्थिक वर्ष २०७९÷८० मा खुद सेवा आय ८३ अर्ब ८५ करोडले घाटामा रहेको छ । नेपालमा पर्यटक आगमन बढ्दा आम्दानी बढेको छ । समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ८९.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ३२ अर्ब ४५ करोड रहेको थियो ।