स्कुल ४ दिन, अरुलाई ३ दिन विदा

पोखरा, कात्तिक २९ ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल सरकारले सार्वजनिक विदाको निर्णय गरेको छ ।

गृहमन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरी विद्यालयलाई चार दिन र अन्य सरकारी कार्यालयहरुलाई तीनदिन विदा दिने निर्णय गरेको हो ।

विद्यालयहरुलाई मंसीर दुईगतेदेखि पाँचगतेसम्म विदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित सूचनामा अन्य सरकारी कार्यालयहरुलाई मंसीर ४ र ५ गते विदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।