एनआरएनए कोरियामा लक्ष्मी गुरुङ

सउल, भदौ २९ ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० कोरियाको सौलमा सम्पन्न छैटौं महाधिवेशनबाट लक्ष्मी लामा गुरुङ अध्यक्षमा निर्वाचित भएकी छन् ।
लक्ष्मी प्रतिस्पर्धी ओम जुग्जाली र जुनु गुरुङलाई हराउँदै अध्यक्षमा विजयी बनिन् । उनले ६ सय ६० मत पाएकी थिइन् । निर्वाचनमा १ हजार ४ सय ७४ मत खसेको थियो । अघिल्लो कार्यसमिति लक्ष्मी उपाध्यक्ष थिइन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा विपिन गुरुङ, तीन उपाध्यक्षमा जीवन थापा, अमृत राई र साजन शर्मा, महासचिवमा इन्दिरा तिवारी, सचिवद्वयमा नेत्र पौडेल र नवीन पुडासैनी विजयी बनेका छन् । कोषाध्यक्षमा आलोक बानियाँ र सहकोषाध्यक्षमा जीत थापा सरु मगर विजयी बनेका छन् । त्यस्तै सदस्यहरुमा विजय गुरुङ, सुरेश ब्लोन, अंशुबर्मा लिम्बू, सकिन श्रेष्ठ, विजय रेग्मी र देवेन्द्र पोख्रेल निर्वाचित भएका छन् ।
आईसीसी सदस्यमा लोचन राई र प्रकाश धमला विजयी बने । युवा संयोजकमा सन्तोषकुमार राई र महिला संयोजकमा भावना गुरुङ र्निविरोध चयन भए । कुल मतदाता २२ सय ८३ मध्ये ६३ प्रतिशत अर्थात् १४ सय ७४ जना मतदाताले मतदान गरेको निर्वाचन मण्डलले जनाएको छ ।
अधिवेशन कानुनमन्त्री यज्ञबहादुर थापाले शनिबार उद्घाटन गरेका थिए । अधिवेशनमा सामाजिक अभियन्ता महावीर पु्न पनि उपस्थित थिए ।