युकेका सन्देशले गरे अक्सिजन प्लाण्ट निर्माणमा सहयोग

पोखरा, जेठ १० ।
बतास फाउण्डेसनले पोखरामा निर्माण गर्न लागेको अक्सिजन प्लाण्टमा युकेका सन्देश गुरुङले आर्थिक सहयोग गरेका छन् । उनले प्लाण्ट निर्माणमा ५० हजार सहयोग पठाएका हुन् । नेपाल पुख्र्यौली घर भएर युकेमा बसिरहेका उनले नेपालीको दुखमा साथ दिन सहयोग गरेको बताए ।

‘हामी बाहिर भएपनि नेपालमा मन छ । यस्तो दुखका बेला सहयोग गर्नु हाम्रो पनि दायित्व हो,’ उनले भने, ‘बतास फाउण्डेसनले यो महामारीमा गर्न लागेको काम देखेर खुशी लाग्यो ।’

बतासले पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण गर्दैछ । त्यसका लागि अहिले अर्थ संकलन चलिरहेको छ । ५ करोड संकलन गर्ने अभियान अन्तर्गत ४ करोड भन्दा बढी संकलन भैसकेको छ । सन्देश विजनेस म्यानेजमेण्टमा मास्टर डिग्री पढेका छन् ।