आईटिएपफ तेन्वान्दो प्रतियोगितामा स्याङजा च्याम्पियन

पोखरा, असार ४ ।
पोखरा रंगशालामा सम्पन्न भएको तेस्रो प्रदेश स्तरिय तथा पहिलो कास्की जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङजा र सैनिक आईटिएफ दोजाङ च्याम्पियन बनेको छ । प्रदेश स्तरिय प्रतिस्पर्धामा स्याङजाले १० स्वर्ण,४ रजत र ४ काश्य गरि १८ पदकसहित च्याम्पियन बनेको हो ।

त्यसैगरि १३ पदक सहित बागलुङ दोस्रो बनेको छ । बागलुङले ६ स्वर्ण,३ रजत र ४ काश्य प्राप्त गरेको छ । त्यसैगरि १९ पदक सहित नवलपुर तेस्रो बनेको छ । नवलपुरले ५ स्वर्ण,८ रजत र ६ काश्य हात पारेको हो ।

त्यसैगरि प्रदेश उत्कृष्ठ पुरुष खेलाडीमा स्याङजाका मनिष रेश्मीमगर घोषित भएका छन् । उनले स्पाईरिङ र प्याट्रन दुबै प्रतिस्पर्धामा स्वर्ण हात पारि उत्कृष्ट घोषित भएका हुन् । महिला तर्फ तनहुँका मोनिका कुवँर उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले एक स्वर्ण र एक कास्य गरि उत्कृष्ट महिला खेलाडी घोषित भएका हुन् ।

यता पहिलो कास्की जिल्ला स्तरिय प्रतियोगिता तर्फ सैनिक आईटिएपm तेक्वान्दो दोजाङ च्यापम्पियन बनेको छ । सैनिक आईटिएफले ११ स्वर्ण, ५ रजत र ४ काश्य प्राप्त गरि टिम च्याम्पियन बनेको हो । त्यसैगरि १० स्वर्ण, ७ रजत र ५ काश्य सहित अञ्जुली आईटिएफ दोजाङ दोस्रो बनेको छ । त्यसैगरि जिल्ला प्रतियोगितामा सैनिक आईटिएफ तेक्वान्दो दोजाङका जेनिशा गुरुङ उत्कृष्ठ खेलाडी घोषित भएका छन् । पुरुष उत्कृट खेलाडीमा बाराही आईटिएफ दोजाङका सन्देश खत्री घोषित भए ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको सहआयोजनामा उक्त प्रतियोगिता शनिबार र आईतबार गरि दुई दिन सञ्चालन गरिएको थियो ।