टी–२० मा कुशल मल्लको विश्व कीर्तिमान, ३४ बलमै शतक

पोखरा, असोज १० ।
नेपाली क्रिकेटर कुशल मल्लले टी–२० क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तरगत भएको प्रतियोगितामा मल्लले ३४ बलमै शतक प्रहार गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा सतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने ३१ बलमै शतक पुरा गरेको इतिहास छ ।

दक्षिण अफ्रिकाका एबी डे भिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक पुरा गरेका थिए ।