नेपालले युएईको सामना गर्दै

पोखरा, कात्तिक १ ।
नेपालले त्रिकोणात्मक टि–२० आई सिरिज अन्तर्गत आज युएईसँग खेल्दैछ । खेल दिउँसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तान रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । मुलपानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । योसँगै मुलपानी मैदान टि–२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बन्नेछ ।

नेपालले पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्लो समयको उच्च लय, एसिया कप र १९ औं एसियाली खेलकुदमा भारतविरुद्धको प्रदर्शनले नेपाली टोलीको मनोबल झनै उच्च छ । नेपाल त्यहिँ लय र प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । नेपाल घरेलु मैदान र दर्शकको पनि फाइदा उठाउनेछ ।

उता युएईले दुई महिना अघि टि–२० आई सिरिजमा न्युजिल्यान्डलाई हराएको थियो । टि–२० क्रिकेटमा युएईले पनि सानदार प्रदर्शन गर्दै आएको छ । मोहम्मद वासिम र आसिफ खानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । यी दुई युएईका ब्याटर टि–२० विशेष खेलाडी हुन् ।

नेपाल र युएईबीच पाँच टि–२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी हँदा तीन खेलमा पराजित भएको छ ।