भारतविरुद्ध छक्का हान्ने र विकेट लिने खेलाडीलाई १ लाख दिने घोषणा

पोखरा, भदौ १८ ।

भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्का बापत् नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने अर्ना बियरले घोषणा गरेको छ।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच आज हुने खेलमा हरेक छक्काको एक लाख दिने घोषणा गरेको हो। अर्ना बियरले सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख र प्रत्येक चौकामा २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा भारत र नेपालबीच आज  समूह चरणको अन्तिम खेल हुँदैछ। नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ।