ट्रम्पारा यूरोपेली मुलुकबाट अमेरिका आउन प्रतिबन्ध
एजेन्सी, फागुन २९ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूरोपेली मुलुकबाट अमेरिका यात्रामा प्रतिबन्धको घोषणा गरेक छन् ।
टेलिभिजन सम्बोधनमार्फत उनले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासस्वरूप यो घोषणा गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले युरोपेली मुलुकहरुबाट अमेरिकाका लागि गरिने सबै हवाई उडानमा एक महिनाका निम्ति रोक लगाएको बताए । तर यो नियम बेलायतको हकमा भने लागु हुने छैन ।
अमेरिकी राष्ट्रपतिले कोरोनाबाट प्रभावित साना लगानीका व्यवसायलाई अर्बौ डलर सहयोग गर्ने घोषणा समेत गरेका छन् । करमा सहुलियत दिने उपायबारे निर्णय लिन उनले संसदसमक्ष आग्रह समेत गरे ।
ट्रम्पले अमेरिकी जनताको सुरक्षा र जीवन रक्षाका लागि सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता व्यक्त गरे ।
अमेरिकामा कोरोना संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ भने ११ सय ३५ जना संक्रमित भेटिएका छन् ।