केन्याको एक विद्यालयमा भागदौड मच्चिदा १४ जना विद्यार्थीको मृत्यु
एजेन्सी, माघ २१ ।
केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिामा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।
राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा स्थानीय समय अनुसार साँझमा भएको भागदौडमा ४० भन्दा बढी बालबालिका घाइते भएको समाचारमा जनाइएको छ ।
सानो र्भयाङबाट सबै विद्यार्थी एकै पटक निस्क्न खोज्दा भागदौड भएको हुन सक्ने अधिकारीहरुले आंशंका गरेका छन् ।
तर घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत वर्ष पनि नैरोबीकै एक प्राथमिक विद्यालयको भवन भत्किँदा आठ जना बालबालिकाको मृत्यु भएको थियो भने ६९ जना घाइते भएका थिए ।