पेन्सन सुधारविरुद्ध भएका राष्ट्रव्यापी हड्ताल अन्त्य गर्न फ्रान्सका प्रधानमन्त्रीको आग्रह

एजेन्सी, पुस २७ ।
फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले सरकारले हालै प्रस्ताव गरेको पेन्सन सुधारविरुद्ध भइरहेका राष्ट्रव्यापी हड्ताल अन्त्य गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री फिलिपले राष्ट्रव्यापी हड्ताल अन्त्यका लागि युनियनहरुलाई छुट दिने प्रस्तावसमेत गरेका छन् ।
उनले मजदुरहरुको पेन्सनका लागि यसअघि सरकारले गरेको नयाँ व्यवस्थाको प्रस्ताव फिर्ता लिन तयार रहेको बताएको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्रीको प्रस्ताव फिर्ता लिने निर्णयको फ्रान्सका युनियनहरुले स्वागत गरेका छन् ।
राष्ट्रपति इमानुएल म्याक्रोनको योजनावद्ध पेन्सन सुधारविरुद्ध औद्योगिक मजदुरहरुले गरेको आन्दोलनका कारण सार्वजनिक यातायात सबैभन्दा बढी प्रभावित भएको छ ।
प्रदर्शनका क्रममा आन्दोलनकारीले रेल तथा सार्वजनिक तथा निजी भवन र कार्यालयहरुमा आगजनी तथा तोडफोडको प्रयास गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।