प्रदेशका मन्त्री धमाधम बर्खास्तीमा, सुदुरपश्चिमका दीर्घलाई हटाएर कृष्णराज बने नयाँ मन्त्री
कैलाली, कार्तिक २७ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सांसद कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् । मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा भट्टले सुवेदीलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।
आजै भट्टले पदीय मर्यादा उलंघन गरेको भन्दै सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा रहेका दीर्घबहादुर सोडारीलाई बर्खास्त गरेका थिए । उनलाई बर्खास्त गरेलगत्तै प्रदेश सरकारले सुवेदीलाई नयाँ मन्त्री नियुक्त गरेको हो ।
सोडारीलाई बर्खास्त गरिएको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले पदीय मर्यादा विपरित गतिविधि गरेको कारण बखास्त गर्नु परेको जानकारी दिए । पार्टीको निर्देशन अनुसार नै उनी बर्खास्तीमा परेको प्रदेश सरकारले जनाएको छ ।
प्राप्त जानकारी अनुसार नेकपा सुदूर पश्चिम प्रदेशका इच्चार्ज भीम रावलको निर्देशनमा सोडारीलाई मुख्यमन्त्री भट्टले बर्खास्त गरेका हुन् ।
बर्खास्तीमा पर्ने सोडारी दोस्रो बन्त्री बनेका छन् । यसअघि प्रदेश नम्बर ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित बर्खास्तीमा परेका थिए ।