कार दुर्घटनामा सुदुरपश्चिमका कानून मन्त्री सिंहको निधन

पोखरा, असार ५ ।
कार दुर्घटनामा परि सुदुरपश्चिमका कानून मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । मंगलबार डडेल्धुराबाट चैनपुर जाने क्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परेर घाइते सिहंको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । चालक धर्मराज जोशी र सुरक्षा गार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।