बैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडान नहुने

पोखरा, चैत १६ ।
सरकारले आउदो बैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडान नखोल्ने बताएको छ । कोरोना नियन्त्रणका लागि अन्तराष्ट्रिय उडान स्थगीत गरिएको हो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले अप्रित १५ अर्थात बैशाख ३ सम्म उडान रोक्ने निर्णय गरेको हो । यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्म उडान रोक्ने निर्णय गरेको थियो ।

सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।