सावधान ! दिनमा तीन कपभन्दा बढी चिया नपिउनुहोस्

एजेन्सी, भदौ ३० ।
तपाईं दिनमा कति कप चिया पिउनुहुन्छ ? यदि तीन कपभन्दा बढी चिया पिउने बानी छ भने आजैदेखि त्याग्नुहोस् । त्यसो त नेपाली समाजमा चिया खाने बानी एक खालको फेसन नै बनेको छ । दिनको सुरुवात नै चियाबाट हुन्छ । तर, अत्यधिक चिया खाने मानिसलाई विभिन्न खालका समस्याले घेर्ने हालै गरिएको एक अध्ययनले जनाएको छ । अध्ययनअनुसार दिनमा तीन कपभन्दा बढी चिया पिउने मानिसलाई विभिन्न समस्याले सताउने गरेको भेटिएको छ ।
डाइटिसियन डा. अलका दुवेका अनुसार चियामा कैफिन हुन्छ । यसबाहेक चियामा न्युटिएन्ट्स पनि पाइन्छ । जसले गर्दा स्वास्थ्यमा समस्या देखिन सक्छ । यसकारण चिया पिउने मानिसले अब यसको मात्रा कम गरे राम्रो हुन्छ । चिया बढी पिउनेलाई हुने समस्याबारे डा. दुवेका १० विचार यस्ता छन्-
इनडाइजेसन हुन सक्छ, पेटमा समस्या बढ्न सक्छ ।
हड्डी कमजोर बनाउन सक्छ ।
चियाको मात्रा बढी भएसँगै निद्रा गढबढी हुन सक्छ । निद्रा नलाग्ने समस्या बढ्न सक्छ ।
चिया नपिउँदासम्म टाउको दुख्ने, थकाइ लाग्ने तथा अल्छी लाग्ने समस्या बढ्छ । यो आफैँमा एक खालको समस्या हो ।
क्यान्सर हुन सक्छ ।
किड्नीमा समस्या बढ्न सक्छ ।
चिया बढी खाएसँगै सोडियम, पोटासियम हराउँदै जाने मात्रै होइन, शरीर निकै कमजोर बन्दै जान्छ ।
चिया खाने मानिसको शरीरबाट बढी पानी बाहिर निस्कन्छ । यसले गर्दा डिहाइडे«सनको समस्या बढ्न सक्छ ।
छालामा विभिन्न समस्या देखा पर्छ ।