कोरोना जितेका एक नेपालीको पत्रः कोरोना कसरी लाग्यो र कसरी निको भो पत्तै भएन

रामचन्द्र क्षेत्री
माछापुच्छ्रे (हाल अफगानस्तान), भदाै २१ ।
आदरणीय नेपालमा रहनुहुने मेरा सम्पूर्ण प्रियजनहरु प्रति,
सादर नमस्कार ।
दुरीले म सात समुन्द्र पारी रहेपनि भावनात्मक रुपमा म आफ्नै देशमा छु । आजको दिनसम्म यहाँ म लगायत मेरो सम्पूर्ण साथीहरु सबै सकुसल छौ र नेपालमा हुनुहुने हजुरहरुमा पनि कुशल मंगलको कामना गर्दछौं । खासै लेख्नु पर्ने जरूरत नै त केही थिएन, तर पनि मनले मान्दै मानेन अनि दुई चार शब्द कोर्दैछु । विश्वभरि फैलिएको कोरोना माहामारीको यो आवस्थामा म स्वयम्ले भोगेको अनुभव र केही जनाकारीहरु मेरो घरपरिवार, ईष्टमित्र अनि सम्पूर्ण नेपालीहरुलाई एकमुष्ट रुपमा सुनाउन चाहन्छु । आफ्नो घरदेखि या भनौं आफ्नो प्यारो देश देखि टाढा रहेर दुःख सुख भोग्न बाध्य हामी परदेशीहरुको यो एउटा तितोमिठो यथार्थ पनि हो । आशा छ सम्पूर्ण मेरा प्यारा नेपालीजनहरुले मनै देखि पढिदिनु हुनेछ ।

म अहिले अफगानिस्तानको राजधानी नजिकै युएस आर्मी वेस क्याम्पमा कार्यरत छु । आर्मी वेस क्याम्प भएको हुँदा सुरक्षाको हिसाबले विस्तृत रुपमा बताउन चाहिन र्हृदयदेखि माफी चाहन्छु । यहाँ म आएको अहिले साढे दुई वर्ष भन्दा बढी भयो । छुट्टी जानु पर्ने अप्रिल ३ तारिखको थियो तर विश्व भर फैलिएको कोराना महामारीको कारण सबै देशहरू बन्द भएको कारण छुट्टी पनि रद्द भयो । म मात्र हैन सबै देशको नागरिकहरु बन्दको कारणले घर जान आउन पाएका छैनन् । कोरोना महामारी विश्व भरि फैली रहँदा यो देश पनि सुरक्षित रहन सकेन ।

दिनानुदिन संक्रमण संख्याहरु बढ्दै गए । तर आर्मी क्याम्प भित्र हामी सबै सुरक्षित सँग आफ्नो काम निरन्तर नै गर्दै थियौं । र अन्ततः हामी काम गर्ने आर्मी क्याम्प भित्र पनि जुलाई ४ तारीख को दिन एक जना सँगै काम गर्ने साथीमा कोरोना देखा पर्यो भन्ने हल्ला सुनियो । आर्मीले उसलाई तत्काल आईसोलेशनमा लगेर राखि सकेको रहेछ । हामी सबै अत्यन्तै आतंकित भयौं । यति सम्म सोच्न बाध्य भयौं की अब हामी कोही पनि बाँच्ने छैनौं । नसोचौं पनि कसरी ? कोरोना भन्ने बित्तिकै हाम्रो मन मस्तिष्कमा मृत्यु आउँछ । संक्रमण भएको व्यक्ति र हाम्रो काम गर्ने थलो एउटै थियो । खाने, बस्ने र सुत्ने ठाउँ प्रायः सबैको एउटै थियो । हामी सबै धेरै त्रासित भयौं । तर पनि हाम्रो काम निरन्तर नै चल्दै गयो । किनकि आर्मी क्याम्प भएको हुँदा क्याम्प भित्र काम बन्द गर्न असम्भव पनि थियो ।

त्यसैले मास्क र स्यानिटाइजर अनिवार्य गरियो । आफू आफूहरु बिच ६ फिटको दूरीमा बसेर काम गर्ने भनेर निर्णय गरियो । खाना हामी सबैको क्यान्टिनमा हुन्थ्यो । त्यहाँ पनि सुरक्षित साथ खाना वितरण हुँदै थियो । यति विधि सुरक्षित हुँदा हुँदै पनि एक बाट सुरु भएको लहरो एक दुई तीन गर्दा गर्दै आखिर त हामी सबैलाई त्यसको सामान्य लक्षणहरु देखा पर्न थाल्यो । जस्तै खानाको स्वाद त्यति नहुने, कुनै पनि चिजको बास्ना न आउने, सामान्य टाउको दुख्ने, ज्वरो आउने, रुघा खोकी लागे जस्तो भयो । त्यसपछि सबैको कोरोना टेस्ट गरियो । टेस्ट गर्दा प्रायमा कोरोना पोजिटिभ देखियो भने केहीमा नेगेटिभ पनि देखियो । पोजिटिभ हुनेहरुलाई तुरुन्तै अलग ठाउँमा सारियो अर्थात् आईसोलेशनमा राखियो । यस्तै गर्दा गर्दै १०, १२ दिन पछि बाँकी हरुमा पनि रिपोर्ट पोजिटिभ नै आउन थाल्यो ।

त्यो भित्र म पनि एक थिए पोजिटिभ हुनेहरुमा । हामीलाई पनि आईसोलेशनमा सारियो । ४,५ दिन पछि हाम्रो सबै त्यस्तो लक्षणहरू बिस्तारै आफै हराउँदै गयो । हामीले कुनै पनि औषधि जन्य चीजहरू प्रयोग नै गरेनौ । या भनौँ औषधिहरू प्रयोग नै गर्नु परेन । हामी पहिले जस्तै सामान्य रुपमा फर्कियौं । लक्षणहरू २,३ दिन पछि आफै हराउँदै गयो । हामीलाई पुनः हामीले खाने खानाको स्वाद अनि वास्ना पनि आउन थाल्यो । पोजिटिभ देखिएको दिन देखि हामीलाई आईसोलेशनमा आर्मीका डाक्टरहरुले हेरविचार गर्दै आउनु भएको थियो । उहाँहरुको त हामीले जति गुणगान गाए पनि कमी नै हुन्छ । हामी कोरोना संक्रमण हो भन्ने थाहा पाउँदा पाउँदै पनि हरेक दिन बिना पिपिई सिर्फ एउटा माक्स मात्र लगाएर दैनिक हाम्रो मुटुको धड्कन, अनि हाम्रो ज्वरो चेक गर्दै आउनु भयो ।

सधैं हामी सँगै खाना खाने हामी सँगै बस्ने खेल्ने गर्नु भयो । उहाँहरुलाई कोरोना सँग कुनै पनि डर त्रास भन्ने कत्ति पनि थिएन । उहाँहरुलाई देखेर हामी आफै पनि छक्क पथ्र्यौं । हामीलाई आईसोलेशनमा बसुन्जेल कुनै पनि औषधिहरू खाना दिनु भएन । हामीलाई सामान्य कोठामा खाना बस्नको राम्रो सुविधा दिएर खुल्लम खुल्ला राखियो । यो एक किसिमको फ्लु हो यो आफै हराएर जान्छ चिन्ता लिनु पर्दैन ढुक्क सँग खाने बस्ने र आराम गर्ने भन्दै सधैं हौसाला मात्र दिनु भयो । हामी जति पनि आईसोलेशनमा थियौं सबै सामान्य रुपमै थियौं । काम गर्नुपर्ने थिएन । खाने, बस्ने, सुत्ने साथीहरुसँग गफगाफ गर्ने, घर अथवा साथीभाईहरु सँग भिडियो च्याटमा दिन भरी बोल्ने, यसरी नै हाम्रो सामान्य दिनहरू बिताउँदै गयौ ।

कोरोना के हो भन्ने सम्म हामीलाई पत्तो भएन । आईसोलेशनमा हामी लगभग ६,७ सय जना एकै ठाउँमा थियौं । त्यस्तो सामान्य टाउको दुख्दा र ज्वरो आउँदा हामीलाई कोरोना पोजिटिभ देखियो भनेर हामीले धेरै पटक मजाग पनि गरियो । हामीलाई कति बेला कोरोना संक्रमण भयो र कति बेला कोरोना मुक्त भयो अहँ केही थाहा भएन । अन्त्य त पहिले पोजिटिभ देखिनु भएको साथीको १४ दिन पछि फेरि पिसिआर चेक भयो । दूईदुई पटक पिसिआर चेक गर्दा पनि दुई पटक नै उस्को रिपोर्ट नेगेटिभ आए पछि पुनः काममा फर्किनुभयो । त्यसपछि त झन् हाम्रो मनमा खुशीको दियो बल्न थाल्यो । हामीले पनि आफ्नो आत्मबल बलियो राख्यौं । ए हामी पनि छिट्टै कोरोना मुक्त भएर काममा जानेछौ भन्ने भरपूर आस थियो । आईसोलेशनमा सबै साथीहरु मिलेर खुब रमाईलो गर्दै बसियो । हामी कोरोना संक्रमित हौं भन्ने नै हामीले भुलेका थियौं । जस्लाई हेरे पनि हाँसी खुशी देख्छु, कोरोना संक्रमण भए जस्तो कसैलाई देख्दिन । आईसोलेशनमा बसुन्जेल म आफैं अचम्ममा परेको थिएँ । साथीहरूले कोरोना पोजिटिभ भन्दा पनि आफैँलाई हासोको पात्रा जस्तो लाग्न थालेको थियो ।

घरमा अनि साथीभाई सँग दैनिक घण्टौं भिडियो च्याटमा बोल्दा पनि कसैले अनुमान नै लगाउन सक्नु भएन । बिस्तारै १४ दिन पछि पुनः साथीहरुको पिसिआर चेक हुँदै गयो । सबैको रिपोर्ट नेगेटिभ आउन थाल्यो । अनि मेरो पनि २६ दिनको बसाई पछि अन्ततः दुईपटकको पिसिआर चेक पछि नेगेटिभ रिपोर्ट आयो अगस्ट २९ तारिखको दिन आयो । अनि हामी सबै पुनः काममा फिर्ता भयौं । यति धेरै मानिसको जमातमा कोरोना फैलिँदा हामी अब कोहीपनि नबाँच्ने भयौं भनेर चिन्ता थियो । तर सबै साथीहरूले कोरोनालाई जितेर पनि आफ्नो काममा पुनः फर्किनु भयो । कोरोना आखिर केही हैन, यो हाम्रो मनको डर मात्र रहेछ भन्ने पनि बुझ्यौं । कोरोना मुक्त हुनुहुने सबै साथीहरूलाई बधाई अनि बाँकी साथीहरूलाई तीव्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यो कुराहरु यसरी चिठीमा यसरी लेख्न र भन्न मिल्ने हो या हैन त्यो मलाई थाहा छैन । तर हाम्रो देशमा कोरोना को नाममा आतंक फैलिएको र सबै जनतालाई आतङ्कित बनाएको हुँदा नलेखि बस्न पनि सकिनँ । यो कोरोना केही होईन । बर्सेनि आउने हामीले भन्दै आएको (फ्लु) नै हो । कोरोना लाई न कुनै मास्क ले छेक्न सक्छ न स्यानिटाइजरले । यसले जो कोहीलाई पनि सजिलै भेट्न सक्छ । किनकि टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, यो हामीलाई सधैं लाग्ने सामान्य रोगहरु नै हो । यो सँग हामी डराएर हैन आत्मबल बलियो बनाएर लड्ने हो भने केहि हुँदैन । विशेषतः हामीले खानपानमा ध्यान दिनुपर्छ । माछामासु कम खाने, चिल्लो पिरो धेरै नखाने, हरियो साग सब्जी खाने, चिसो भन्दा तातो खाना बढी खाने । तातो पानी पिउने । ब्यायम गर्ने, सरसफाईमा ध्यान दिने, समयमा खाने, सुत्ने उठ्ने गरियो भने सजिलै कोरोनालाई जित्न सकिन्छ ।

सकैसम्म कसैलाई कोरोना संक्रमण नहोस्, यदि भएछ भने पनि हामीले यसलाई सजिलै जित्न सकिन्छ । कोरोना लाग्यो अब म मर्छु भन्ने पीर कहिलै नलिनु । कोरोनाले मान्छे ९५ प्रतिशत मर्दैन । यो मेरो आफ्नै २६ दिन र साथीहरु सँग बस्दाको अनुभव हो । कोरोना संक्रमण भएर यस्को पिर लिनुभयो भने कोरोनाले हैन त्यही पीरले भने ज्यान लिन सक्छ । हाम्रो नेपाली समाजमा कुनै पनि रोगिहरूलाई घृणा गर्ने चलन छ । म भन्छु यो गलत हो । जुनसुकै रोग होस्, उस्लाई कहिल्यै घृणा गर्नु हुँदैन । उस्लाई रोगसँग लड्न सक्ने हौसला दिनुपर्छ, ताकि उसले रोगसँग लडन सक्ने आत्मविश्वास प्राप्त गरोस् । मेरो अनुभवमा जतिपनि कोरोना संक्रमण भएर मृत्यु भएकाहरू छन, उनीहरुलाई समयमा उपचार नपाएर कोरोनाले हैन अरुनै कुनै रोगहरुले मृत्यु भएको जस्तो लाग्छ । किनकि कोरोना संक्रमण भन्ने बित्तिकै उसलाई सबैले हेर्ने दृष्टिकोण नै अलग हुन्छ । डाक्टरले उस्लाई एउटा बन्द कोठामा थुन्छ, मास्क अनिवार्य लगाउन भन्छ, त्यसले गर्दा श्वास प्रश्वासमा असर पर्छ, शरिरमा अक्सिजनको मात्रामा कमी हुन्छ, खानपान पोषिलो हुँदैन । मानसिक तथा शारिरीक शक्ति सबै कमजोर बन्दै जान्छ । मनोबल कमजोर हुँदै जान्छ, मानिसको शरिरमा एक न एक अरु कुनै रोगहरु अवस्य हुन्छ, अन्ततः उसको त्यही अरु रोग र शोकले मृत्यु हुन्छ । अनि डाक्टरले सजिलै भन्छ कोरोना संक्रमणले मृत्यु भयो ।

अहँ हुँदै हैन यो हाम्रो ठूलो भ्रम हो । कोरोना झनै ठूलो भ्रम हो । हाम्रो छिमेकी देश भारतमा कोरोना संक्रमण भएर मृत्यु हुनेहरुको मुटु, कलेजो, किड्नी जस्तो महत्वपूर्ण अंगहरू निकालिएको भनेर होहल्ला पनि सुन्दै आएका छौं । डाक्टरहरु हाम्रो भगवान हुन्, त्यसैले हामीले सजिलै विश्वास पनि गर्छौ । तर कतिपय पैसाको लालचमा विक्न पनि सक्छन् । त्यसैले आफ्नो आफन्तहरू यदि कोही हस्पिटलमा छन् भने विशेष ध्यान दिनु होला । हामी सबै सचेत हुनु अत्यन्तै जरूरत छ । हामी आफै माथी कोरोनाको नाममा ठूलो षड्यन्त्र भएको छ । कोरोना को नाममा अकालमा कसैको मृत्यु वरण नहोस् । अव हामीले आवाज उठाउनै पर्छ । त्यसैले मैले पनि आफूले जानेको र अनुभव गरेको यत्ति शब्द खर्च गरेको छु । मेरो शब्दहरूलाई सुखले या दुःखले यति पढिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद । ‘आफू सचेत हौं र अरुलाई पनि सचेत गराऔं ।’