उद्यमी बतासको प्रश्तावः ‘जग्गाधनीले बाँझो राखे सँधियारेले खेती गर्ने कानुन बनाऔं’

पोखरा, बैशाख १४ ।
नेपालका एक स्थापित उद्यमी हुन्, आनन्दराज बतास । अर्थतन्त्रको निकै ठूलो हिस्सा अटोमोवाईल क्षेत्रबाट पुर्ति हुँदै आएको छ । यही क्षेत्रका उद्यमी बतासले सरकारलाई कृषि क्षेत्रलाई अर्थतन्त्रसँग जोड्नका लागि सुझाव दिएका छन् । कृषि प्रधान देश नेपालमा सरकारसँग कृषिको स्पष्ट नीति अझै बनिसकेको छैन ।

जसका कारण अहिले पनि नेपाली किसानले उत्पादन गरेका उब्जनी कुहिने र बाहिरबाट आयात गरेर यहाँको माग धान्नुपर्ने बाध्यता छ । मुख्यगरी कम मुल्यमा उत्पादन र त्यसको बजार ब्यवस्थापनमा सरकारी नीति कमजोर छ ।

बतासले नेपालको कृषि प्रणालीमा आमुल परिवर्तन ल्याउनुपर्ने बताएका छन् । आफ्नो फेसबुक पेजमार्फत उनले बाहिरबाट आयात हुने कृषि सामग्रीमा बढी कर लगाउनुपर्ने र विस्तारै आयात घटाउदै लैजानुपर्नेमा जोड दिएका छन् ।

‘लकडाउनपछि पनि भारतबाट ठूलो परिमाणमा तरकारी आयात भइरहेको छ । तर, नेपाली किसानले उत्पादन गरेको तरकारी भने बारीमा कुहिएको अवस्था छ,’ उनले भने, ‘स्थानीय सरकारहरुले यसलाई बजारसम्म पु¥याउन सहजीकरण गर्नुपर्नेमा कोरोना संक्रमण फैलिन्छ भन्दै अवरोध नै गरिरहेको देखिन्छ । राजनीतिक मुद्दामा सिंगो मुलुक तात्छ तर किसानका मुद्दामा कोही बोल्दैनन्, किन ?’

उनले यहाँको कृषि उत्पादन बढाउने र बजारीकरणको प्रबन्ध मिलाउनका लागि सुझाव समेत दिएका छन् । ‘सरकारले कृषि क्षेत्रमा अरवौं लगानी गरेको छ । तर किन आकर्षण बढिरहेको छैन ? लामो बहस र अध्ययन छोडेर केही नयाँ ब्यवस्था ल्याउनुपर्छ,’ उनले अघि भने, ‘कम उब्जाउ हुने अन्नबाली, सागसब्जी र फलफूलदेखि बाहेक अन्यमा आयात भन्सार दर बढाउने र अर्गानिक मात्रै आयात गर्ने वा आयात पूर्ण प्रतिबन्ध लगाउनुपर्छ । विदेशी उत्पादनमा हाम्रो कृषि प्रतिश्पर्धी हुन सक्दैन । बजारको मागले कृषिमा ब्यवसायीक स्वरोजगार जन्मिनेछन् । जसबाट बजारको माग पूर्ति हुनेछ ।’

बतासले कुनै जग्गाधनीले जग्गा बाँझो राखे सँधियारले नै खेती गर्न सक्ने कानुन निर्माण गर्न सरकारलाई सुझाएका छन् । किसानको अनुभव, माटोको क्षमता, हावापानी र क्षेत्रफलका आधारमा सरकारले अनुदान दिने ब्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

आगामी आर्थिक बर्ष २०७७÷०७८ देखि लागू हुने गरी तत्कालै केही निर्णय गर्न उनले ब्यांग्यात्मक प्रश्ताव समेत प्रश्तुत गरेका छन् । बतासले गरेका ९ ब्यांग्यात्मक प्रश्तावहरुः

१. कृषि जग्गा बांझो राख्न नपाईने, राखेमा ……………

२. कृषि कर्जा कृषकलाइ ब्याज २ प्रतिशत, कृषि ब्याबसायीलाई ४ प्रतिशत

३. आउँदो २०७८। १।१ पश्चात नेपालमा स्याउ, आलु, सुन्तला, चामल, आप, मेवा …,….,….,……,… आदि आयातमा प्रतिबन्ध

४. २०७७।१२।३०भित्र गण्डकी प्रदेशलाई बिसादी र प्लाष्टिक मुक्त प्रदेश

५. नेपाल सरकारले तोके बमोजिमको मापदण्ड भित्र रहि स्थानीय सरकारलाई गाँजा खेतीको अनुमति प्रदान गर्न दिने

६. प्रत्येक घरले आफुलाइ आवश्यक बिजुलीको कम्तिमा २५ प्रतिशत सोलार इनर्जीबाट प्राप्त गर्नुपर्ने

७. महिला र पुरुष बीच सहमतिमा भएको संभोग संसर्गलाई बलात्कारको अभियोग लगाउनु परेमा, संसर्ग भएको समयले २४ घन्टा भित्रै निवेदन दिनु पर्ने अन्यथा ……

८. २२ बर्ष उमेर पुगेका नेपाली नागरिकले मात्रै २ पांग्रे सवारि चालक अनुमती प्राप्त योग्य हुने

९. सम्पूर्ण उद्योगी ब्याबसायीहरुको लगानी भएको कर्जामा पुर्नतालिका, आर्थिक बर्ष २०७७÷७८ को ब्याज बढीमा ७५ प्रतिशत मात्रै