१३ दिन किरिया किन गर्ने ?

भीम उपाध्याय
पोखरा, मंसिर ७ ।
मृत्यु संस्कारको १३ दिनलाई छोट्याएर ७/५/३ दिन गरेर क्रान्ति गरिदै छ भन्नेहरू वैदिक विज्ञान नजान्ने मूर्खहरू हुन् । कसैको मत्युमा किरिया नबारे पनि हुन्छ, बारे पनि हुन्छ, जति बारे पनि हुन्छ, कुनै करकाप छैन, यो व्यक्तिगत कुरा हो, सार्वजनिक मुद्दा नै हैन ।

तर जसलाई वैदिक विज्ञानमा मृत्यु वा प्राण कसरी जान्छ भन्ने ज्ञान छ उसले यस्तो मूर्ख कुरा गर्नै सक्दैन । मानिसको मृत्यु ५ चरणमा हुन्छ र नर्मल मृत्यु पूरा हुन १३ दिन पूरा लाग्छ कम्तिमा । मृत्यु भनेको शरीर सकिनु हैन, प्राण सकिनु हो । प्राणको मत्यु हुने हो, शरीर त नष्ट हुने हो ।

शरीर नष्ट हुदैमा मृत्यु भएको हुदैन । मृत्यु संस्कार विधि राम्ररी पुर्याएर गरिएन भने मृतक प्रेत बनेर याद आईरहन्छ, जो जिवित परिवारजनको मानसिक स्वास्थ्यका लागि घातक हुन सक्छ ।

त्यसैले हिन्दू पद्दतिमा पार्थिव शरीर जलाउने गरिएको हो । जिवित र मृतकका निकटका नातेदार बीचमा शान्ति ल्याउन मृत्यु संस्कारको विधान गरिएको हो । किरिया सरल बनाउदा हुन्छ तर १३ दिनको विधान गर्नैपर्छ, आफैलाई घात हुने उपबुज्रूक नाईके बन्न हुदैन भन्ने कुरा ज्ञान होस् ।
लेखक नेपाल सरकारका पूर्व सचिव हुन् ।