‘साग’ गल्फतर्फ नेपालले जित्यो दुई स्वर्ण

 

काठमाडौं, मंसिर २० ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् गल्फतर्फ नेपालले दुईओटा स्वर्णपदक जितेको छ ।

शुक्रबार गोकर्ण गल्फ क्लबमा सम्पन्न खेलमा नेपालका सुवास तामाङले व्यक्तिगत विधाको स्वर्णपदक जिते ।

शुक्रबार अन्तिम दिन ३ अन्डर ६९ खेलेका सुवासले कुल १४ अन्डर २७४ को स्कोरकार्ड बनाए । सुवासभन्दा ८ स्ट्रोकले पछि परेका बंगलादेशका मोहमद फरहादले रजतपदक जिते ।

यस्तै, पुरुष टिम इभेन्टको स्वर्णपदक पनि नेपालले जितेको छ ।

नेपालका सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङको टिम स्वर्ण जित्न सफल भएको हो ।

योसमेत नेपालले जारी सागमा ३९ ओटा स्वर्णपदक हासिल गरेको छ । नेपालले विभिन्न ९ खेलमा स्वर्णपदक जतेको छ ।(ईमेजखबरबाट साभार)