सहारा पत्रकारिता पुरस्कार बिजय नेपाललाई

पोखरा, भदौ २५ ।
सहारा क्लब पोखरा द्वारा स्थापित सहारा पत्रकारिता पुरुस्कार यस वर्ष पोखराको खेलकुद क्षेत्रमा सक्रिय पत्रकार बिजय नेपाललाई अपर्ण गरिने भएको छ । सहारा क्लबले २०६३ साल बाट सुरु गरेको यो पुरुस्कार क्लबको वार्षिकोत्सवका अवसरमा यहि भदौ ३० गते एक समारोहका बिच नेपाललाई अपर्ण गरिने क्लबका अध्यक्ष केशब थापाले जानकारी दिए ।

नेपाललाई १५ हजार ५ सय ५५ नगद सहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । क्लबले खेलकुद पत्रकारिता विटमा कलम चलाउने पत्रकारलाई प्रोत्साहनका लागि पुरस्कार प्रदान गर्दै आएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका कोषाध्यक्ष समेत रहेका नेपाल आदर्श समाज दैनिकमा कार्यरत छन् ।

उनी यसअघि विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार, रोट्रयाक्ट पोखरा पत्रकारिता पुरस्कार, द लुक्स पत्रकारिता सम्मान, बाघमारा उत्कृष्ट पत्रकार सम्मान प्राप्त गर्नुका साथै एक दर्जन बढी संघसंस्थाबाट सम्मानित भैसकेका छन् । यो पुरुस्कार बाट सम्मानित हुने पत्रकार मध्ये नेपाल १३ औं हुन ।

यसअघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, बिनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दिननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणी बराल, एमबी आस्था र सुरज श्रेष्ठ सम्मानित भैसकेका छन् । क्लवले आफ्ना सदस्यहरुबाट उत्कृष्ट सदस्यको रुपमा कविता अधिकारीलाई सम्मान गर्ने घोषणा गरेको छ ।