विश्वकप फुटबल छनोटमा आज नेपाल र चाईनिज ताईपेइ भिड्ने

काठमाडौं, भदौ २४ ।

फिफा विश्वकप फुटबलका लागि एसियाली समूहको छनौट खेलमा आज नेपाल र चाइनिज ताइपेइबीच प्रतिश्पर्धा हुँदै छ ।

खेलमा ताइपेइको मुन्सिपालिटी स्टेडियममा अपरान्ह ४ बजेर ५५ मिनेट जाँदा सुरु हुनेछ । यो खेलमा कुनैपनि हालतमा अंक जोड्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रिनेछ ।

विश्वकप छनौटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार व्यहोरेको नेपाल आज फरक रणनीतिका साथ मैदानमा उत्रने प्रशिक्षक योहान कालिनले बताएका छन् ।

ताईपेइमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले यो खेलबाट अंक जोड्दै विश्वकप छनौटमा पूनरागमन गर्ने नेपालको लक्ष्य रहेको बताए ।

नेपालले हालै भएको मैत्रीपूर्ण खेलमा चाईनिज ताइपेईसँग १–१ गोलको बराबरी खेलेको थियो । (ईमेजखबरबाट साभार)