विराट कोहलीको शतकमा भारतको सानदार जित

डर्विन, माघ १९ ।
कप्तान विराट कोहलीले शतक प्रहार गरेपछि दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा भारतले सानदार जित हात पारेको छ । बिहीबार डर्विनमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ७० रनको लक्ष्य भारतले ४५.३ ओभरमा ४ विकेटको नोक्सानीमा पार गर्यो । भारतका लागि कप्तान विराट कोहलीले १ सय १२ रन जोडे । उनको यो एकदिवसीय खेलमा ३३ औं सतक हो । भारतका लागि अजिन्का राहाणेले ७९ रनको योगदान दिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन जोड्यो । उसका लागि फाप डु फ्लेसिसले १ सय २० रन जोडे । बलिङतर्फ भारतका कुलदिप यादवले ३ र युजभेन्द्र चहालले २ विकेट लिए ।