“वाईवाई तीजमेला–२०७६” अन्र्तगत आज ठेलो हान्ने प्रतियोगिता हुने

 

पोखरा, भदौ १४ ।

हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको “वाईवाई तीजमेला–२०७६” को तेश्रो दिन म्युजिकल चियर प्रतियोगिता सम्पन्न भएको छ । ६० जना सहभागि रहेको प्रतिस्पर्धामा कुशुम गुरुङले उपाधि जितीन् । त्यस्तै शुक्रबार पनि निरन्तर रहेको मौलिक तिज गित प्रतियोगितमा १० समुहले आफ्नो मौलिकतामा प्रस्तुती दिएको पुस्पान्जली फेसन एन्ड इभेन्टकी संयोजक शोभा गौतमले जानकारी दिईन् ।

आज गुरुङ जातीको प्रमुख खेल ठेलो हान्ने प्रतियोगिता हुने पनि संयोजक गौतमले जानकारी दिईन् । यस्तै भोलीको कार्यक्रमको प्रमुख अथितीको रुपम युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा आउने पनि संयोजक गौतमले जानकारी दिईन् । यस्तै सांगीतिक प्रस्तुती तर्फ आज विष्णु खत्रीको विशेष प्रस्तुती रहने छ भने शुक्रबार पुरुषोत्तम न्यौपाने, राम्जी पौडेल र सर्मिला गुरुङको प्रस्तुती रहेको थियो ।

मेलामा तिजको दिन नजिकीदै गर्दा महिलासँग सम्वन्धीत गतिविधीहरुको पनि कार्यक्रम वढ्दो छ । यसतै गरी अव टपरी गाँस्ने प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता समेत मेलामा राखिएको छ । मेलाभित्र महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, विभिन्न व्यवसायिक स्टलहरु र मनोरञ्जनको निम्ति बाल उद्यानको समेत व्यवस्था गरिएको छ ।

यसका अलावा मेलामा हेल्दी होम खुल्ला मौलिक तीजगीत प्रतियोगिता हुने र प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार एक सय एक, द्वितीयले २० हजार एक सय एक , तृतीयले १० हजार एक सय एक, सान्त्वनाले ५ हजार सगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २÷२ हजार नगद पुरस्कार पाउनेछन् । यसै गरि प्रभु बैंक गृहणी नृत्य प्रतियोगितामा प्रथम हुनेले १०१०१, द्वितीयले ७१०१, तृतीयले ५१०१ र सान्त्वना हुनेले नगद २÷२ हजार पुरस्कार पाउनेछन । मेलामा पोखरा पिजा टपरि गास्ने प्रतियोगिता समेत हुने भएको छ ।

त्यसै गरि हराउदै गएको छेलो खेल संरक्षण गर्ने उदेश्य सहित मेलामा गण्डकी प्रदेश स्तरिय सल्युट गोर्खा छेलो प्रतियोगिता समेत हुने भएको छ । मेला अन्र्तगत १४ भदौमा हुने प्रतियोगिताको विजेताले ११ हजार एक सय एक, उपविजेताले ६ हजार एक सय एक र तेस्रो हुनेले नगद ३ हजार एक सय एक रुपैया पुरस्कार पाउनेछन् ।