पोखरामा पनि रोकियो हिन्दी चलचित्र आदिपुरुषको प्रदर्शन

पोखरा, असार ४ ।
पोखरामा पनि भारतीय चलचित्रमा प्रदर्शनमा रोक लगाइएको छ । मेयर धनराज आचार्यले सिनेमा हलहरुलाई पत्र पठाएर आदिपुरुष नचलाउन आदेश दिएका हुन् ।

‘जानकी भारतकी छोरी हुन्’ भन्ने चलचित्र आदिपुरुषको संवाद नसच्चिएसम्म पोखराका फिल्म हलहरुमा अरु भारतीय सिनेमा पनि चल्न नदिने महानगरको निर्णय छ ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आदिपुरुष चल्न नदिने घोषणा गरेका थिए । उनैको घोषणालाई विभिन्न नगरहरुले पछ्याएका छन् ।