मेनुका राईको आवाजमा ‘आज तिम्रो पिरतिमा’ सार्वजनिक

 

पोखरा, फागुन १२ ।

नेपाली सुगम गीत संगीतमा निकै सक्रिय गायिका मेनुका राई र रिदम राईको आवाजमा रहेको ‘आज तिम्रो पिरतिमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

जिवनको प्रेम प्रसङगलाई गीतमा निकै भावपुर्ण तरिकाबाट व्यक्त गरिएको छ । प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । रिदम राईको शब्द गीतमा रहेको छ ।

श्री कृष्ण फुयाँलको छायाँकन, मेख बहादुर थापाको सम्पादन तथा जनक कार्कीको निर्देशन भिडियोमा रहेको छ ।

‘आज तिम्रो पिरतिमा’ गीतको भिडियोमा सोम लामा र गीता राईको फिचरिङ रहेको छ ।