बास्केटबल लिग ‘थ्री अन थ्री वेस्ट’ मंगलबारदेखि, विजेतालाई ५० हजार

 

काठमाडौं, पुस २५ ।

नेपाल बास्केटबल लिग (एनबीएल) ‘थ्री अन थ्री वेस्ट’ प्रतियोगिता आउँदो मंगलबारदेखि हुने भएको छ ।

पोखरा, बुटवल र धनगढीमा

प्रतियोगिता पोखरा, बुटवल र धनगढी गरी तीन सहरमा हुनेछ ।

कम्तीमा पनि २० टोलीको सहभागिता रहने पोखराको पहिलो लेग यही पुस २९ र ३० गते हुनेछ ।

यस्तै, १४ टोलीको सहभागिता रहने बुटवलको लेग आउँदो माघ ४ गते हुनेछ ।

त्यस्तै, धनगढी लेग माघ ६ गते हुनेछ ।

धनगढीमा फाइनल चरण

तीनओटै लेगको फाइनलमा प्रवेश गर्ने टोलीहरुले धनगढीमै हुने एनबीएल वेस्टको फाइनल चरणमा माघ ८ र ९ गते खेल्नेछन् ।

विजेतालाई ५० हजार

उपाधि विजेताले ५० हजार तथा उपविजेताले २५ हजार रुपैयाँ पाउनेछ ।

लिनिङ मुख्य प्रयोजक

प्रतियोगिताका लागि मुख्य प्रायोजकको रुपमा खेलकुद सामग्री उत्पादक कम्पनी लिनिङसित सम्झौता भएको छ ।

शुक्रबार आयोजक एनबीएलका अध्यक्ष नमितबहादुर थापा र लिनिङका नेपाल कन्ट्री हेड राजेन महर्जनबीच १० लाख रुपैयाँ बराबरको प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल बास्केटबल लिग प्रालिले विपन्न बालबालिका खेलकुद नेपाल (पीडीसीएन)को सहयोगमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजकले यसअघि एनबीएल थ्री अन थ्री इस्टको आयोजना गरिसकेको छ ।

(ईमेजखबरबाट साभार)