फिफा क्लब विश्वकप फुटबल खेल्ने सबै टोलीको टुंगो लाग्यो

 

काठमाडौं, मंसिर ९ ।

कतारमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल खेल्ने सबै सात टोलीहरुको टुंगो लागेको छ ।

एसियाली महादेशबाट साउदी अरबयिाको अल हिलाल फसटबल क्लब छनौट भएसँगै क्लब विश्वकपका लागि सबै ६ टोलीको टुंगो लागेको हो ।

क्लब विश्वकपको यो संस्करण यही डिसेम्बर ११ देखि २२ तारिखसम्म कतारको दोहामा आयोजना हुँदैछ ।

प्रतियोगितामा ६ महादेशका च्याम्पियन्स लिग विजेता र एउटा आयोजक राष्ट्रको टोलीगरी कुल ७ टोलीको सहभागिता रहनेछ ।

यसपटक एसियाबाट अल हिलाल, यृुरोपबाट इंग्ल्याण्डको लिभरपुल, लेटिन अमेरिकाबाट ब्राजिलको फ्लेमेङ्गो, आयोजक राष्ट्र कतारको अल साद, अफ्रिकी महादेशबाट ट्युनिसियाको एस्पेरान्स डी ट्युनिस, उत्तर अमेरिकाबाट मेक्सिकोको मोन्टेरे र ओसियाना समुहबाट न्यू क्यलेडोनियाको हाईन्घेने स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् ।(ईमेजखबरबाट साभार)