प्यारामाउन्ट स्कुलको १९ औं बार्षिकोत्सव

पोखरा, माघ २८ ।

पोखरामा रहेको प्यारामाउण्ट स्कुलको १९ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाईएको छ । शनिबार खेलकुद, सांस्कृतिक तथा पुरस्कार वितरण भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका शिक्षा विभाग प्रमुख केदार आचार्यले सूचना प्रविधि र आधुनिक प्रतिश्पर्धामा सफल हुने जनशक्ति उत्पादन गर्न सुझाव दिए ।
प्यावसन कास्कीका बरिष्ठ उपाध्यक्ष षडानन्द शर्माले निजी विद्यालयले शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिएको धारणा राखे । अभिभावक वालकृष्ण उपाध्यायले प्यारामाउण्टले पोखराको शैक्षिक नेतृत्व लिन सक्ने बताए । उनले शिक्षक, विद्यार्थी र अभिभावकविचको त्रिकोणात्मक सम्बन्धलाई अझ सुमधुर बनाउन आग्रह गरे । विद्यालयका संस्थापक प्राचार्य श्रीमान गुरुङले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै विद्यार्थीलाई असल बनाउन अभिभावकको पनि महत्वपूर्ण भुमीका हुने बताए । उनले अहिले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र अंग्रेजी वाावरणलाई प्राथमिकतामा राखेर शिक्षण गरिरहेको जानकारी दिए ।
कार्यक्रममा गत शैक्षिक शत्रको एसइइ परीक्षामा ग्रेढ ब्ं ल्याउने सिलिया अधिकारी, विशाल भण्डारी, कस्मीर गुरुङ, कविता गुरुङ, अनुशातिमिल्सिना, मनिल गुरुङ र अजय कुशहवालाई नगद पुरस्कार दिईएको थियो भने शैक्षिक सत्र २०७२ र २०७३ को वार्षिक परीक्षामा कक्षागत रुपमा प्रथम, द्धितीय र तृतिय हुनेलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा सह संस्थापक दिलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीहरु समीता थापा, सुशान्त गुरुङ, कृति खाती, नम्रता गुरुङ, मेहना गुरुङ, प्रिया गुरुङ र श्रीयङका गुरुङले गरेका थिए ।