नेपाली यू–१५ महिला टिमको घोषणा

 

काठमाडौं, भदौ २० ।

साफ यू–१५ महिला च्याम्पियनसिपको लागि नेपाली महिला टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक राकेश श्रेष्ठले बिहीबार २३ सदस्यीय नेपाली यू–१५ महिला टिमको घोषणा गरेका हुन् । साफ यू–१५ महिला च्याम्पियनसिप यह अक्टोबर ९ देखि १५ तारिखसम्म भुटानमा आयोजना हुँदैछ ।

नेपाली यू–१५ महिला टिम अन्र्तगत गोलकिपरमा सावित्री किशान, पुजा थापा, लिला जोशी रहेका छन् भने डिफेन्डरमा कुमारी तामाङ, सरु हमाल, मञ्जु खड्का, प्रतिक्षा चौधरी, दिव्या यस्माली मगर, सविना चौधरी, पुष्पा गुरुङ रहेका छन् ।

त्यस्तै मिडफिल्डरमा अनु राई, सुरक्षा सुखरिया, ममता पुन, सरा बज्रचार्य, मनमाया दमाई, सुस्मा जिटी, मनिषा राउत, सुनकला राई, अस्मिता रानापाल रहेका छन् भने फरवार्डमा प्रिति राई, अमिशा कार्की, मन्दिरा राई, निकिता थोकर रहेका छन् ।
(अनलाइनखबरबाट साभार)