निजी जग्गा बिक्रीमा रोकतोक किन ?

-गजेन्द्रबहादुर पाँडे
विश्वमा धेरै राष्ट्र विकसित र सम्पन्न भइसकेका छन् । धेरै राष्ट्रले औद्योगिकीकरण गरिसकेका छन् । उनीहरुको अर्थतन्त्र नै उच्च भैसकेको छ । ती विकसित देशहरुले उद्योगको विकास चरम सीमामा गरिसकेकाले उनीहरुको मुख्य उद्देश्य नै उद्योगको विकास गर्नु देशको औद्योगिकीकरण गर्नु हो । देशको आर्थिक उन्नति नै उद्योगबाट भएको छ । उनीहरु कृषिमा मात्र भर पर्दैनन् । देशका तमाम् नागरिक आफ्नो देशको उद्योगमा सेवा गर्दछन् । हाम्रोजस्तो गरीब र निर्धन राष्ट्रमा झैं विदेशमा ती विकसित राष्ट्रका लागि श्रम बेच्न पर्दैन । आफ्ना देशका युवा आफ्नै देशको उद्योगमा भिजेको पाइन्छ ।
आज बेलायत, अमेरिका, जापान, अष्टे«लिया, कोरियामा थुप्रै उद्योग खुलेकोले हाम्रो जस्तो गरीब राष्ट्र नेपाल भारत बंंगलादेश, पाकिस्तान तथा अन्य देशका युवा पनि रोजगारको लागि ती देशमा गई श्रम बेची त्यहीँबाट ल्याएको पैसाले घर खर्च चलाएका छन् । तिनका घर परिवारको खर्च पनि चलेको छ । तिनका बालबच्चाले विद्यालयमा गई पठनपाठन गरेका छन् । औषधि उपचार गरेका छन् ।
अमेरिका, बेलायत, फ्रान्स जस्ता देशले अर्बौ डलर पर्ने बोइङ जेट विमान तथा आधुनिक सामान बनाइ विश्भरि नै बेचेका छन् । ती जेट तथा अन्य सामान साना ठूला देशमा बिक्री गरी आय आर्जन गरेका छन् । ती सम्पन्न विकसित राष्ट्रका नागरिकले आफ्नै देशका साना ठूला औद्योगिक कलकारखानामा श्रम गरिरहेका छन् । विश्वका अन्य देशले पनि विभिन्न उद्योग खोली विकसित भैसकेका छन् । त्यहाँको जनताको व्यक्तिगत आय पनि उच्च रहेको पाइन्छ ।
हाम्रो देशमा पर्याप्तमात्रामा उद्योग कलकारखाना अझै खुल्न नसकेको अवस्था छ । हाम्रो देशको नागरिकले साउदी अरब, कोरिया, अष्ट्रेलिया, अमेरिका, बेलायतमा गई श्रम बेची आफ्ना घर व्यवहार चलाइरहेका छन् । बालबच्चाको विद्यालय फि, ट्युसन फि, औषधी उपचार खर्च चलेको छ । त्यत्तिमात्र नभै देशमा उद्योग कलकारखाना नखुलेकोले ती नेपाली युवाले विदेशमा गई श्रम बेचेवापत आएको रेमिट्यान्स नै नेपाल सरकारको प्रमुख आय भएको छ । ती विदेशमा गएका नेपाली युवाले श्रम बेचेवापत आएको रेमिट्यान्सले देशको सरकारी खर्च चलेको छ । सांसदले मन्त्रीले तलब भत्ता खाएका छन् । कर्मचारीले तलबभत्ता खाएका छन् । अझै हाम्रो देशको अर्थतन्त्र कृषिमा भर परेको छ ।
सन् १९४७ मा स्वतन्त्र भएको भारतमा थुप्रै उद्योग खोली औद्योगिकीकरण भैसकेको छ । विश्वमा दोस्रो धनी देश भैसक्यो । हामीसँगै स्वतन्त्र भएको देश चीनले थुप्रै उद्योग खोलिसकेको छ । एक अर्ब ३५ करोड जनसंख्या भएको चीनले आज देशमा थुप्रै उद्योग खोली विशाल जनसंख्यालाई आप्mनै देशमा रोजगार दिएको छ । आज चीनको अर्थतन्त्र औद्योगिक अर्थतन्त्र भएको छ । चीनले औद्योगिक क्षेत्रमा चरम विकास गरिसकेको छ ।
आज चीनले बोइङ जेट तथा अन्य स साना जहाज लडाकु विमान समेत बनाइ विदेशी मुलुकमा बिक्री गरिसकेको छ । आज चीनबाट उत्पादित कपडा मेसिन जस्ता थुप्रै सामान भारत, पाकिस्तान, बंगलादेश, अमेरिका विश्वभरि नै निर्यात भइरहेको छ । आज आफ्नो मेहनत र लगानीले अमेरिका बेलायतभन्दा पनि चीनको आर्थिक स्थिति माथि गइसकेको छ । विश्वमा सबैभन्दा धेरै धनी चीनमा बसेको पाइएको छ । चीनका सामान विश्व बजारभरि फिजिएको छ । चीनको औद्योगिक विकासले गर्दा विश्वको धनी राष्ट्रमा गनिदैछ । हाम्रो देशमा राजनीति धेरै भैसकेको छ । अब धेरै राजनीति नगरेर अब देशले आर्थिक विकास गर्नु जरुरी छ ।
हिजो चप्पल किनेर लगाउन नसक्ने नेताको राजनीतिको आडमा लागेर काठमाडांैैमा घर घडेरी जोडेका छन् । तर बिरामी परेको बेला सिटामोल किनी खान नसक्ने अवस्थामा पनि यही नेपालमा बसेका दरदूराजका मानिस छन् । हाम्रो देशको प्रमुख अर्थतन्त्र कृषि नै हो । हाम्रो देशमा अझै साना ठूला उद्योग खुल्न सकेका छैनन् । देशका ३७ लाख युवा आँसु झार्दै रोजगारीको लागि विदेशी भूमिा छन् । स्वदेशमा पनि थुप्रै युवा बेरोजगार छन् । देशका महिला बूढाबूढी बालकमात्र धेरै बसेका छन् । अबको सरकारले देशमै उद्योग खोली युवा वर्गलाई रोजगारी दिनुपर्छ ।
हाम्रो देश अझै कृषिप्रधान देश हो । यहाँ प्रत्यक्ष अप्रत्यक्ष यहाँको अर्थतन्त्र कृषिमा नै भर परेको छ । देशमा करिब ८५ % अझै कृषिमा भर परेका छन् । यो दुःखलाग्दो कुरा हो । जहाँ उद्योगहरु खुल्दैनन्, स्वदेशमा रोजगार हुँदैन, त्यो देश गरीबीको चपेटामा परेको हुन्छ । नेपालीको मूल आर्थिक आर्जनको बाटो जमीन हो । छोराछोरीको विवाहदान, घरखर्च, औषधी उपचार सबै खर्च जमीनको टुक्रा कित्ताकाट गरी जमीन बेचेको पैसाबाट औषधी उपचार बालबच्चाको शिक्षा, दीक्षा, घर खर्च सबै त्यही खेत बेचेको पैसाले गरिन्छ । हाल मन्त्री परिषद्ले वर्षमा एउटा प्लटबाट एकपटक मात्र कित्ता काटी बेच्न पाउने निर्णय गरेको छ ।
आफ्ना अन्य आयआर्जनको बाटो नभएकोले कृषकले एकपटक एउटा कित्ताबाट एकपटक गरी बेचेको पैसाले घर खर्च ग¥यो । त्यही जग्गा नबेची अन्य खर्च चल्दैन । छोराछोरीको विवाहदान गर्दा पुनः कित्ताकाट गरी त्यही जग्गा बेच्नु प¥यो । छोरो विदेश पठाउँदा त्यही जग्गाको प्लटबाट कित्ताकाट गरी जग्गा बेच्न प¥यो । आजकलको बिरामीको औषधी गर्न भारत, अमेरिका, बेलायत, थाइल्याण्ड जानु पर्छ जग्गा पुनः कित्ताकाट गरी बेच्न पाइँदैन । त्यस्तो जनतालाई असर गर्ने गरी मन्त्रिपरिषदले बनाएको निर्णय खारेज गर्नुपर्छ र जनताको व्यक्तिगत सम्पत्तिमा जनताले आफ्नो मनखुशी जति पटक पनि आफूसँग भइञ्जेल पहिला कित्ता काटेको कित्ताकाट गरी जनताले बिक्री गर्न पाउनु पर्छ ।
नेपालको संविधान २०७२ को धारा २५ अनुसार सम्पत्तिको हक (१) प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने भोग गर्ने बेचबिखन गर्ने व्यावसायिक लाभ प्राप्त गनेृ वा त्यस्तो सम्पत्ति उपर अरु कुनै प्रकारको कुनै अधिकारको सृजना गर्ने छैन भनी नेपालको संविधानमा स्पष्ट हक अधिकार र नेपाली नागरिकलाई आर्थिक हक प्रदान गरेको छ । नेपालको संविधानले सम्पत्ति आर्जन गर्ने आफ्नो सम्पत्ति भोग गर्ने बेचबिखन गर्ने अधिकार नेपाली जनतालाई दिएको छ ।
जनताको सम्पत्तिमाथि कहीँ कसैले खेलबाड गर्न पाउँदैन । हस्तक्षेप गर्ने अधिकार कही कसैलाई पनि छैन । त्यसैले जहाँ जति सुकै प्लटबाट जतिपटक पनि आवश्यक परेमा जनताले आफ्नो जग्गा बिक्री गरी आफ्नो खर्च चलाउन पाउनुपर्छ । आफ्नो खर्च चलाउन जग्गा बेचबिखन गर्न पाउनु जनताको खुशीको कुरा हो ।