नपालको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने

 

काठमाडौं, मंसिर ३० ।

नेपालका लागि पाकिस्तानका राजदूत डा.मजहर जावेदले शिक्षाबाट बञ्चित बालबालिकाको शैक्षिक जागरणको लागि पाकिस्तान सरकारले सहयोग गर्ने बताएका छन् ।

नेपालको शिक्षामा सहयोग र्पुयाउने उद्देश्यले सोमबार काठमाडौंमा आयोजित क्याम्पसस्तरीय निबन्ध प्रतियोगिताको उद्घाटन गर्दे उनले शिक्षा र चेतना नै विकासको आधार भएकाले सहयोग गर्ने बताए ।

उनले नेपाली विद्यार्थीलाई दिइँदै आएको छात्रबृत्तिलाई संस्थागत गरिने पनि बताए ।

दुर्गम क्षेत्रको शैक्षिक विकासका लागि पाकिस्तानले नेपाल सरकारलाई सहयोग गर्न चाहेको उनको भनाइ थियो ।

प्रतियोगितामा छनौट भएका १२ वटा क्याम्पसका विद्यार्थीले नेपालको राष्ट्रियतालगायत विभिन्न बिषयमा लेखिएका निवन्ध वाचन गरेका थिए ।

प्रतियोगिताको निर्णायकमण्डलमा हिरण्यलाल श्रेष्ठ, बिष्णुहरि नेपाल, मोहनप्रसाद लोहनी र हेमराज सुवेदी रहेका थिए ।

दूतावासले दूर्गम क्षेत्रका ५५ विद्यालयका तीन सय विद्यार्थीलाई विगत सात वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ । (ईमेजखबरबाट साभार)