‘डिजी स्कुल’ मार्फत नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने

 

पोखरा, मंसिर १३ ।

नेपालका विद्यार्थीले पनि अब अन्तर्राष्ट्रिय स्तरको कम्युटर शिक्षा पढ्न पाउने भएका छन् । नेपालका विद्यार्थीलाई पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा दिलाउन सफ्ट्वेरिका कलेज अफ आइ टि एण्ड इ कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ ।

बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षा सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको हो । त्यसलाई नेपालका विभिन्न स्कुल तथा कलेजहरुको पाठ्क्रममा समावेश गरेर लैजाने तयारी भएको डिजी स्कुल नेपालका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिईन् । श्रेष्ठले पोखरामा सञ्चालित विभिन्न बोडिङ स्कुलका संस्थापक एवं प्राचार्यहरुबीच अन्तक्रियात्मक कार्यक्रम गरेर ‘डिजी स्कुल’को बारेमा जानकारी गराएको बताईन् ।

नेपालका विद्यार्थीहरुले पनि अन्तर्राष्ट्रिय स्तरको कम्युटर शिक्षा हासिल गर्न सकुन् भन्ने उद्देश्यले यसलाई काठमाडौ पोखरा लगायतका बोडिङ स्कुलका प्राचार्यहरु बीच अन्तर्रक्रिया गरेर जानकारी गराइएको श्रेष्ठले बताईन् ।

एनसिसी एजुकेसन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी स्कुल’को बारेमा जानकारी गराएका थिए । यो कोर्ष पढ्ने विद्यार्थीले एनसिसी एजुकेसन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले बताए । नोर्टनका अनुसार डिजी स्कुल सञ्चालन गर्न चाहने कुनै पनि स्कुलले सफ्ट्वेरिका कलेजसँग सम्पर्क गरी अध्यापन सुरू गर्न सक्छन् ।

यो अध्यापन अनलाइन र अफलाइन दुवै प्रणालीबाट गर्न सकिने छ । कम्प्युटर सिस्टममा हरेक विद्यार्थीको आ–आफ्नै लग इन हुने भएकाले उनीहरूको प्रगती विवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न सक्छन् ।

कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम ‘डिजी स्कुल’ सुरू भएपछि नेपाली स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउने डिजी स्कुलका क्षेत्रीय निर्देशक ओम उपाध्यायले बताए । उपाध्यायका अनुसार स्कुल लेभलबाटै विद्यार्थीहरूले डिजी स्कुलमा जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयररमर्मत लगायत विषय सिक्ने पाउनेछन् ।

आजको डिजिटल संसारमा विद्यार्थीहरुलाई डिजि स्कुलको अध्ययन निकै उपयोगी हुने विश्वास गरिएको उपाध्यायले बताए ।